सांसद पद पुनर्बहाली मुद्दाकाे सुनुवाइ स्थगित

नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएको हो ।  

रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियो । उनले रिटमार्फत सांसद​ पदबाट मुक्त गर्ने निर्णय अन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।

१८ साउन २०७८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो । विपक्षीहरूको नाममा कारण देखाउ आदेश भने जारी भएको थियो । 

२४ चैत २०७७ मा सङ्घीय संसद् सचिवालयलाई पत्र लेखेर माओवादी अध्यक्ष प्रचण्डले भट्टसहित सांसदहरू टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहलाई कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । 

प्रचण्डको पत्रको आधारमा २६ चैत २०७७ मा उनीहरू पदमुक्त भएको सूचना संसद् सचिवालयले टाँस गरेको थियो ।  यही निर्णयविरुद्ध भट्ट १४ साउन २०७८ मा सर्वोच्च पुगेका हुन् । 





  • प्रकाशित मिति : वैशाख २९, २०७९ बिहीबार १३:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया