मकवानपुको हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–७ र ८ को सिमाना फाएरलाइनमा उक्त शंकास्पद वस्तु देखा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
उनले उक्त शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई बोलाइएको बताए । निर्वाचन बहिष्कार समूहले उक्त शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको आशंका छ ।
आज देशभर स्थानीय तहको निर्वाचन हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।