\
मधेस प्रदेशको राजधानी जनकपुरधामसहित सम्पूर्ण ठाउँमा मतदान सुरु भएको छ । यस प्रदेशमा १३६ वटा स्थानीय तह रहेकोमा सबै स्थानीय तहको मतदान स्थलमा मतदान प्रक्रिया सुरु भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
मतदानको दिन सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मधेस प्रदेशभर २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको प्याकुरेलले जानकारी दिए ।
सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत १ जना, सहायक मतदान अधिकृत १ जना, सहायक कर्मचारी २ जना, सहयोगी कर्मचारी २ जना र मतदान अधिकृतले नियुक्त गरेका स्वयंसेवक ३ जना गरि कुल ९ जना कर्मचारी खटेका छन् । यस हिसाबले प्रदेशका ८ वटै जिल्लामा ४ हजार १८९ मतदान केन्द्रमा ३७ हजार ७०१ कर्मचारी खटेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।