देशभर १२ बजेसम्म झण्डै ३५ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्ममा झण्डै ३५ प्रतिशत मतदान भएको जनाएको छ ।

आज (शुक्रबार) बिहान सात बजेदेखि देशभर स्थानीय तह सदस्यका लागि निर्वाचन भइरहेको छ । आयोगले मध्याह्न १२ बजेसम्ममा झण्डै ३५ मतदाताले मतदान गरेको जनाएको हो । अहिलेसम्म झण्डै ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा झडप भएर मतदान कार्य रोकिएको र नियमित गराउने प्रयास भइरहेको आयोगले जनाएको छ । 

आयोगले फाटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि ७५३ वटा स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट मतदान भइरहेको छ ।





  • प्रकाशित मिति : वैशाख ३०, २०७९ शुक्रबार १२:४३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया