नुवाकोटको म्यागङ गाउँपालिका–१ मा कांग्रेसको प्यानल नै विजयी

नुवाकोटको म्यागङ गाँउपालिका–१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा जिमाबहादुर तामाङ ९४ मतका साथ विजयी भएका छन् । 

निर्वाचन अधिकृत सूर्यदर्शन पण्डितका अनुसार तामाङका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का अनिलकुमार घलेले ६९ मत प्राप्त गरे ।

वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसलाई ९३, माओवादीलाई ६९, एमालेका उम्मेदवारलाई ३७ मत प्राप्त भएको छ । 





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार ७:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया