हेटौंडा उपमहानगरपालिका–१ को २०० सय मतगणना सकिएको छ । २०० मत गन्दा नेकपा एमालेका मेयर उम्मेदवार अनन्त पौडेलले ७१ मत पाएका छन् ।
गठबन्धनको मेयर पदकी उम्मेदवार मीना लामाले ६५ र राप्रपाका दीपकबहादुर सिंहले ४२ मत ल्याएका छन् ।
यस्तै, गठबन्धनबाट उपमेयर पदमा राजेश बानियाँले ८८, नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८२ मत प्राप्त गरेकी छन् ।
वडाध्यक्षमा गठबन्धनका सविन न्यौपानेले ९२, एमालेका म्मेदवार उत्तम पौडेलले ८९ मत पाएका छन् । यस्तै, राप्रपाका उम्मेदवार सुजन शाहीले ८ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।