धनगढी उपमहानगरपालिकाको मतगणना सुरु

धनगढी उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । गणना वडा नम्बर १ बाट सुरु गरिएको हो । मतगणना धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा भइरहेको हो । धनगढीमा १९ वडा रहेका छन् ।

यसपालि पनि धनगढीमा नेपाली कांग्रेसका नृपबहादुर वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यस्तै, नेकपा एमालेबाट रणबहादुर चन्द पनि प्रतिस्पर्धामा रहेका छन् ।

दलसहित र स्वतन्त्र उम्मेदवारले शुक्रबार रातिदेखि नै गणना सुरु गर्न माग गरे पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजदेखि नै सुरु गर्ने अडान लिएको थियो ।

९३ हजार १ सय ५१ मतदाता रहेको धनगढीमा ६३ हजार ७ सय १५ मत खसेको छ । 





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार १३:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया