काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।
उनले मतगणनाको सुरुवातदेखि नै अग्रता कायमै राखेका छन् ।
वडा नम्बर १, ३२, २, र ३ को मतगणना जारी छ । जसअन्तर्गगत एक हजार मत गन्दा बालेनले ३५६ मत पाएका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याएका छन् । स्थापितले ३०८ मत ल्याएका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छरेकी छन् । कांग्रेसकी सिंहले १९७ मत पाएकी छन् । अहिले मतगणना जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।