काठमाडौं महानगर निर्वाचन अपडेट : सुनिता डंगोलले बढाइन् मतान्तर
फाइल तस्वीर

काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोलले मतान्तरलाई फराकिलो बनाएकी छन् ।

उनले ५२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनलाई एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले पछ्याइरहेका छन् । यद्यपि, उपमेयरमा डंगोल र श्रेष्ठको मतान्तर भने फराकिलो देखिएको छ ।

श्रेष्ठले ११० मत प्राप्त गरेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेल जानकारी दिए ।

उनका अनुसार अहिले वडा-१ मा ५०० मत, वडा-३२ मा ५०० मत र वडा २ मा २८० मत गणना भएको छ । वडा नम्बर ४ मा पनि मतगणना कार्य जारी रहेको उनले बताए ।





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार १९:११:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया