ताप्लेजुङको फुङ्लिङ–११ मा माओवादीका भट्टराई निर्वाचित
फाइल तस्वीर

ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङ्लिङ नगरपालिका–११ वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा युवराज भट्टराईसहित प्यानल नै विजयी भएका छन् । भट्टराईले ३५४ मत प्राप्त गर्दै विजय भएका हुन् । 

उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मनित इजमले २४९ मत प्राप्त गरेको छ भने एमालेका सबिन विष्टले २०१ मत प्राप्त गरेको छ । त्यस्तै महिला सदस्य पदमा ३५७ मत प्राप्त गर्दै बिनिता राई विजय भएकी छन् । 

दलित महिला सदस्य पदमा ३४७ मत प्राप्त गर्दै कमला विश्वकर्मा विजयी भइन् । खुल्ला सदस्य पदमा ३७८ र ३३७ मत प्राप्त गर्दै लक्ष्मी बिष्ट र नन्दकुमार इजम विजय भए । 

फुङ्लिङ नगरपालिकामा गठबन्धनका कांग्रेसका प्रमुख पदका उम्मेदवार अमिर मादेनले ५०१ मत प्राप्त गरेका छन् भने एमालेका छत्रपति प्याकुरेलले २०७ मत प्राप्त गरेका छन् । 

यता, उपप्रमुख गठबन्धनका बमबहादुर भट्टराईले ४९१ मत प्राप्त गरेका छन भने एमालेका भीमादेवी ओझाले २१४ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार १९:२८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया