काठमाडौं महानगरको प्रमुख पदका लागि प्रतिस्पर्धी ५४ जनामा बालेन्द्र (बालेन)ले अहिलेसम्म सबैभन्दा धेरै मत ल्याएका छन् ।
उनले सबैभन्दा धेरै मत ल्याउँदा उनलाई पछ्याइरहेका छन्, एमालेका उम्मेदवार केशव स्थापितले ।
नेपाली कांग्रेसकी सिर्जना सिंह तेस्रो नम्बरमा छिन् । अहिलेसम्मको गणनाअनुसार बालेनले ९ सय मत ल्याएका छन् । स्थापितले ८ सय मत ल्याएका छन् ।
त्यस्तै, सिंहले ५९४ मत ल्याएर तेस्रो नम्बरमा रहेकी छिन् ।
काठमाडौंको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल अग्रस्थानमा छिन् । उनले ९२० मत ल्याउँदा उनलाई पछ्याइरहेका गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २ सय ८६ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।