काठमाडौंको शंखरापुर गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छ । सो वडाध्यक्षमा माओवादीका बाबुराम दंगाल ६ सय ७४ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६ सय ६ मत ल्याए । त्यस्तै, एमालेका प्रकाश दंगालले ५ सय ५६ मत पाएका छन् ।
चार वडा सदस्यमा भने एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।