बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी २ हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २११३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२०३ मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनका राम खाती ३१५० मत ल्याएर विजयी भएका छन् ।
उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५८७ मत ल्याइन् । त्यस्तै, थलारा गाउँपालिका–५ मा गठबन्धनका नरबहादुर खाती ३९० मत ल्याएर विजय भएका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ३१३ मत ल्याए ।
थलारा गाउँपालिकामा वडामा विजयी हुनेहरू :
१ - रवीन्द्र जोशी (माओवादी)
२- रवीन्द्र खाती (एमाले)
३- प्रकाश भण्डारी (माओवादी)
४- रामचन्द्र जोशी (काङ्ग्रेस)
५- नरबहादुर खाती (काङ्ग्रेस)
६- अनिलकुमार विष्ट (ए.स)
७- किस्ने सार्की (एमाले)
८- कविराज जोशी (एमाले)
९- लोकेन्द्र विष्ट (ए. स)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।