घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ।
मतगणना सुरु भएदेखि गठबन्धनका उम्मेदवार हेमराज शर्माले अग्रता लिइरहेको भएपनि अहिले भने एमालेका नरूलाल चौधरीले अग्रता लिन सुरु गरेका हुन। चौधरीले ७ हजार ४५ मतका साथ अग्रता सुरु गरेका हुन्।
यसैगरी गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका माओवादीका शर्माले ७ हजार १० मत प्राप्त गरेका छन।
उपमेयरमा भने गठबन्धनको अग्रता कायमै छ। गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बनेका काङ्ग्रेसका भुप बहादुर डाँगिले ७ हजार ४ सय ४१ मत प्राप्त गरेका छन । एमालेकि हुमा डिसिले ६ हजार ७ सय ८७ मत प्राप्त गरेकी छिन।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।