मोरङको रंगेलीमा कांग्रेस कार्यकर्ताको हो-हल्लाले रोकिएको मतगणना पुनः सुरु
फाइल तस्वीर

मोरङको रंगेली नगरपालिकामा एमालेका उम्मेदवार दिलीप बगडीयाले मतान्तर फराकिलो बनाउँदै लाँदा नेपाली कांग्रेसका कार्यकर्ताले हो–हल्ला गरेपछि रोकिएको मतगणना पुनः सुरु भएको छ । 

एमालेविरुद्ध पाँच दलीय सत्ता गठबन्धनले चुनावी तालमेल गरेपनि आफ्ना उम्मेदवारको मत कम आएको भन्दै कांग्रेसका कार्यकर्ताहरूले हो–हल्लासहित नाराबाजी गरेपछि स्थगित भएको मतगणना बल्ल सुरु भएको हो । 

शनिबार राति होहल्ला हुन थालेपछि मतगणना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै मतगणना स्थगित गरिएको थियो । 

अहिले मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत रामहरी शर्माले जानकारी दिए । उयनका अनुुसार अहिले रोकिएको ३ नं. वडाको मतगणना भइरहेको छ । 

सोमबार प्रमुख निर्वाचन आयुक्त थपलिया रंगेली पुगेर मतगणना सुचारु गर्न निर्देशन दिएका थिए । 

शनिबारसम्मको मतगणनामा एमालेबाट मेयरका उम्मेदवार बगडीया प्रतिष्पर्धाभन्दा ५६४ मतान्तरले अगाडि छन् । ३१३२ मत गणना हुँदा बगडीयाले १६३१ मत प्राप्त गरेका छन् । 



उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मोदराज धिमिरेले १०६७ मत ल्याएका छन् । उपमेयरमा पनि एमालेकै भूमा पराजुली झण्डै चार गुण मतान्तरले अगाडी छिन् । 

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार जसपाका पन्नालाल मण्डलले ४२२ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १९:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया