डडेल्धुराको अमरगढी नगर प्रमुख/उपप्रमुखमा कांग्रेसका जोशी र झुकाल निर्वाचित

डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै कांग्रेसका नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् । 

कांग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भइन् ।

प्रमुखमा निर्वाचित जोशीले ३६१९ मत ल्याए । उनका प्रतिद्वन्द्वी भट्टले ३४२६ मत पाए । नेकपा एकीकृत समाजवादीकी संगिता भण्डारीले ७६७ मत ल्याइन्।

उपाध्यक्षमा विजयी झुकालले ३६७८ मत ल्याइन् । उनकी प्रतिद्वन्द्वी यज्ञराज भट्टले ३०८५ मत पाए । ०७४ को निर्वाचनमा अमरगढीको प्रमुख/उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका थिए । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ७:७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया