दैलेखको ठाँटीकाँधमा एमालेको किल्ला भत्काउँदै कांग्रेसका उम्मेदवार विजयी

दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाह विजयी भएका छन् । यो गाउँपालिकामा ०७४ को निर्वाचनमा कांग्रेसले एक मात्र वडा जितेको थियो । तर, यसपालि भने कांग्रेसले बहुमतसहित पालिका अध्यक्ष जित्यो । 

ठाँटीकाँध नेकपा एमालेको गढ मानिन्छ । यसपालि कांग्रेसका रक्षबहादुर शाह २५७१ मतका साथ विजयी भए । उनले एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरे । लक्ष्मीदेवीले २२७९ मत पाएकी छन् । लक्ष्मीदेवी पूर्वमन्त्री एवम् एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहकी श्रीमती पनि हुन् ।

यो पालिका कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको गृह पालिका पनि हो । प्रदेशसभा सदस्यमा एमालेबाट जितेका शाहीकै वडा ठाँटीकाँध–६ मा पनि कांग्रेस विजयी भएको छ । त्यस्तै, माओवादीका उमेश कुमार रावत (निर्मल) ले अध्यक्षमा १६१७ मत पाए ।   





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ७:५१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया