धनगढीमा लगातार मतान्तर बढाउँदै हमाल, गठबन्धनका वडभन्दा दोब्बर मतले अगाडि

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो अपडेटअनुसार १५ हजार ३९१ मत गणना हुँदा उनले ६ हजार ८८३ मत प्राप्त गरेका छन् । 

हमालका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट चुनाव लडेका नेपाली कांग्रेसका नृपबहादुर वडले ३ हजार ३८९ मत पाएका छन् । उनी र हमालबीच ३ हजार ४९३ मतको अन्तर छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १ हजार ७३५ मत पाएका छन् ।  





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ९:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया