डडेल्धुराको भागेश्‍वरमा अध्यक्ष/उपाध्यक्षसहित चार वडामा कांग्रेस विजयी

डडेल्धुराको भागेश्‍वर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेस वडादेखि पालिकासम्म विजयी भएको हो ।

हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए ।  

उपाध्यक्षमा कांग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन् । प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र ल्याइन् । 

पाँच वडा रहेको भागेश्‍वरमा चार वडामा कांग्रेस विजयी भएको छ । एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।

१ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए । भागेश्‍वर कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृहपालिका हो । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ९:३०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया