मोरङको मिक्लाजुङको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । 

आज बिहान सार्वजनिक मतपरिणाम अनुसार राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याएर निर्वाचित भएका हन् । मोरङको १७ स्थानीय तहमध्ये पहिलो स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो ।

अघिल्लो निर्वाचनमा एमालेले दुवै पदसहित अधिकांश वडा जितेको थियो । एमालले मिक्लाजुङ्ग आफ्नो गढको रूपमा लिने गरेको छ । एमालेका उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेल अध्यक्षमा ४९१६ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएर पराजित भइन् । पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा फरक पार्टीका पुरुष उम्मेदवार विजयी भएका हुन् । 

मिक्लाजुङ्गका गाउँपालिकाको ९ वडामा कांग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले दुई÷दुई वडा जितेका छ । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १०:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया