काठमाडौंको टोखा नगरपालिकामा एमाले विजयी, कांग्रेस उम्मेदवार १७४ मतान्तरले पराजित

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन् । उनी नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १७४ मतान्तरले पराजित गर्दै मेयरमा विजयी भएका हुन् । 

अधिकारीले १० हजार ३ सय ४० मत ल्याए । उनकी प्रतिस्पर्धी कांग्रेसकी थापाले १० हजार १ सय ७७ मत प्राप्त गरिन् । अधिकारी दोस्रो कार्यकालका लागि टोखाको मेयरमा निर्वाचित भएका हुन् ।  

त्यतिबेला उपमेयरमा पराजित कांग्रेसकी थापा यसपालि मेयर उम्मेदवार बनेकी थिइन् । नगरपालिका उपमेयरमा भने कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भए । 

उनी १० हजार १ सय ३२ मतका साथ उपमेयरमा निर्वाचित भएका हुन् । तामाङका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याइन् ।  





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ७:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया