डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २८ वर्षीय जोशी

डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत बडायर जोशी विजयी भएका छन् । २८ वर्षीय जोशी ५९४१ मतका साथ मेयरमा विजयी भएका हुन् ।  

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंह माल डायमण्डले ५८०५ मत ल्याए । एमालेका केशव बोहराले २६०६ मत प्राप्त गरे । उपप्रमुखमा माओवादीकी विमला महता विजयी भइन् । 

उनले ५८८५ मत ल्याइन् । महतकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कलावती बोहराले ४५९३ मत प्राप्त गरिन् । एमालेकी गोमती पन्तले ३२९६ मत पाइन् ।

डडेल्धुरामा कांग्रेस, एमाले, माओवादीले एक्लाएक्लै चुनाव लडेका थिए । परशुरामको मेयरमा विजयी भएका जोशी यसअघि वडाध्यक्ष, कांग्रेस गाविस सभापति र जिल्ला उपसभापतिसमेत भइसकेका थिए ।

गाउँमै एसएलसीसम्म पढेका जोशी आइएससी पढ्न महेन्द्रनगर र बिएससी काठमाडौं पढेका थिए । बिएससी फिजिक्स त्रिचन्द्र कलेजबाट गरेपछि उनले तीन बर्से मास्टर्स चीनबाट गरे । 

जोशीले वायुमण्डलीय भौतिक शास्त्रमा मास्टर्स गरेका छन् ।   





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ७:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया