संसद्‌मा प्रधानमन्त्रीकाे सम्बाेधन
नआत्तिनुस्, पानी जहाजको टिकट काट्ने काउन्टर खुल्छः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्मा सम्बोधन गर्दै ‘नेपाल पानी जहाज कार्यालय’ स्थापना गर्ने अन्तिम तयारी भइरहेको बताएका छन्  ।

आइतबार सांसद्मा सम्बोधन गर्दै ओलीले विपक्षी र आम जनताले सामाजिक सन्जालमा पानी जहाजको टिकट कहाँ पाइन्छ भनेर सोधेको र त्यसको उत्तर छिट्टै पाउने बताए । 

पहिले पानी जहाज चलाउने र रेल ल्याउने कुरा गर्दा असम्भव देखेकाहरुले अहिले काउन्टर खोज्न थाल्नु आफ्ना सपनामाथि विश्वास बढ्दै गएको ओलीले बताए ।

ओलीले भारतको गंगा नदी हुँदै नेपालका विभिन्न नदीमा पानी जहाज चलाउनेबारे अध्ययन भइरहेको बताए । ‘ढुक्क हुनुस्, एकदिन पानी जहाजको टिकट काउन्टर खुल्छ,’ उनले भने ।

यसअघि एउटा सार्वजनिक कार्यक्रममा ओलीले १६ पुसदेखि नै नेपालमा पानी जहाज चल्ने र त्यसमा यात्रा गर्न सबैलाई सार्वजनिक रुपमा निम्तो दिएका थिए । 
गत पुस १६ यता यस विषयमा सामाजिक सन्जालमा चर्को टिकाटिप्पणी भएको थियो ।
 





  • प्रकाशित मिति : पुस २२, २०७५ आइतबार १४:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया