मुगु जिल्लाको खत्याड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अजबहादुर शाहीले ३ हजार ५२१ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर मल्लले २ हजार ६२१ मत प्राप्त गरेका थिए । मल्ललाई शाहीले ९ सय मतान्तरले पराजित गरेका छन् ।
गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेस उम्मेदवार सरिता रोकाया ४ हजार ५४८ मत प्राप्त गरी निर्वाचित भएकी छन् । रोकायाले २ हजार ४९ मतान्तरमा विजयी भएकी हुन् ।
रोकायाकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कविता गिरीले २ हजार ४ सय ९९ मत प्राप्त गरेकी छन् ।
जम्मा ११ वटा वडा रहेको खत्याड गाउँपालिकामा माओवादीले ०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडा जितेका थियो भने अहिले ३ वटा वडामा मात्र जित हात पारेको छ ।
यस निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।