काठमाडौंकी उपमेयर उम्मेदवार सुनिता डंगोल २० हजार मतनजिक
फाइल तस्वीर

काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलले करिब २० हजार मत नजिक पुगेकी छन् ।

ताजा मत परिणाम अनुसार उनले १९ हजार ९५६ मतसहित सुरुवाती अग्रतालाई निरन्तरता दिइरहेकी छन् ।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ निकै पछि देखिएका छन् । उनी अहिलेसम्म ६ हजार ३१६ मत पाएर दोस्रो स्थानमा छन् । राप्रपाकी विनिता मगैया ३ हजार ४४९ मतसहित तेस्रो स्थानमा छिन् ।

काठमाडौंमा ५९ हजार ९७ मत गन्दा मेयरमा बालेन शाहले २३ हजार ५८४, केशव स्थापितले १२ हजार ३० र सिर्जना सिंहले ११ हजार ४९९ मत पाएका छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १६:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया