ओलीले कम्प्युटरबाट १६५ वटा निर्वाचन क्षेत्रका सडक शिलान्यास गरेको मीनेन्द्रको आरोप

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले आफ्नो धरातलभन्दा माथि उठेर प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष ०७९–०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

सांसद रिजालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीप्रति इंगित गर्दै प्रधानमन्त्री छँदा जे भने नि हुन्छ भन्ने किसिमका कुराहरु बिस्तारै गर्न नसकिने थाहा पाएपछि आँखा चिम्लिएर विनातुकका कुरा गरेको आरोप लगाए । राजमार्गका ठाउँ–ठाउँमा हवाइजहाज अवतरण गर्ने, रेल पानी जहाज कुदाउने, हेर्नलाई भ्युटावर बनाउने, विदेशका अतिथिलाई ल्याउन विशेष किसिमको अतिथिगृह बनाउने र सम्पन्न नभएका आयोजना उद्घाटन गर्नेजस्ता काम ओली सरकारले गरेको उनले आरोप लगाए । 

यसअघिको सरकारले तयारी नै नभएका आयोजना शिलान्यास गर्ने कम्प्युटरबाट १६५ वटा निर्वाचन क्षेत्रका सडक शिलान्यास गरेको त्यसको काम सबै ठाउँमा अझै सुरु हुन नसकेको उनले बताए । उनले विपक्षी सांसदहरुले रेल र विना तयारी सडकको शिलान्यास गरेका कुरा उठाएको भन्दै कम्प्युटरबाट शिलान्यास भएको ढुंगा देखाउन विपक्षी सांसदलाई चुनौती दिए । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १८:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया