अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा अम्बिका चलाउने

अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल विनायक नगरपालिकाबाट अम्बिका चलाउने निर्वाचित भएकी छन् । नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी उनले ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा विजयी भएकी हुन् ।

उनले ३ हजार ६५३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धाीहरू माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२, एमालेका नन्दबहादुर कडायत २ हजार ६९७, एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्ट ६९२ र स्वतन्त्र टंक तिमिल्सिना १५४ मत पाए । 

उपप्रमुखमा कांग्रेसकै हर्कबहादुर रावल विजयी भए । उनले ४ हजार १८८ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता रावल २ हजार ६१८, एमालेकी राजु सञ्जाल १ हजार २  र  एकीकृत समाजवादीकी कृष्णा जैशी न्यौपानेले ८७८ मत पाए । 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १२:१२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया