बलात्कारसम्बन्धी अपराधमा हदम्याद तोकिनुहुन्नँ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बलात्कारसम्बन्धी मुद्दामा लगाइएको हदम्याद हटाउनुपर्नेमा जोड दिएका छन् । उनले हदम्यादका कारण अपराधीले सहजै उन्मुक्ति पाउने र पीडित कमजोर हुने अवस्था रहेको पनि बताए ।  

‘मुलुकी अपराध संहिता(२०७४ र बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकिएको छ, त्यहीकारण पीडितहरू प्रताडनाबाट गुज्रने गरेको पाइएको छ । बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेस खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था छ । यस्ता अपराधमा समय सीमाको हदम्याद तोकिनुहुन्नँ,’ पौडेलले उनले सामाजिक सञ्जालमा लेखेका छन् ।   

बिहीबार मात्रै आठ वर्षअघि भएको एक सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । हदम्यादका कारण आफूले न्याय पाउने अवस्था नरहेको ती युवतीको गुनासो छ । 

यसैबीच, अधिकारकर्मी र युवाहरूले शुक्रबार बिहान बलात्कारसम्बन्धी मुद्दामा रहेको हदम्यादको व्यवस्था हटाउन माग गर्दै बालुवाटारमा प्रदर्शनसमेत गरेका छन् । 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १४:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया