काठमाडौंमा करिब आधा मत मतगणना, बालेनको निरन्तर अग्रता कायमै

काठमाडौं महानगरपालिकामा करिब आधा मत गणना गरेर सकिएको छ । अब ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । 

लौरो चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरिसकेका छन् । 

महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो । शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । 

यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरूमा मतगणना जारी छ । अझै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ । ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वड कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १५:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया