चिरिबाबुले व्यञ्जनकारलाई ११ हजारभन्दा बढी मतान्तरले पछि पारे

स्थानीय निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम गरेका छन् । महर्जनले एमालेका मेयरका उम्मेदवारलाई ११ हजारभन्दा बढी मतान्तरले पछि पारेका छन् ।

पछिल्लो मत परिणामअनुसार महर्जनले २७२४२ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १५९८३ मत मात्रै पाएका छन् । राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जन २६१० मतसहित तेस्रो स्थानमा छन् । 

उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यले १५७६५ मत ल्याउँदै अग्रस्थानमा छिन् । उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्य १०८३४ मत का साथ दोस्रो स्थानमा छन् । 





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १८:८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया