रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चले गर्यो अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ ।

आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत दिपायलको आदेश खारेजीको माग गर्दै चौधरीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेको हो ।

नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको २०७२ भदौ ७ को टीकापुर घटनाका अभियुक्त चौधरी जिल्ला अदालतको आदेशले थुनामा छन् । आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश कानुनसम्मत नभएको भन्दै उनले उच्च अदालतमा निवेदन दिएका थिए । तर, उच्च अदालतले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो ।

चौधरीउपर प्रहरी नायब निरीक्षक मानबहादुर बोहरालगायत ८ जनाले ज्यानसम्बन्धी मुद्दामा किटान गरी पोल गरेको, घटनास्थलमा उपस्थित प्रहरीले कागज गर्दा चौधरीसमेत उपर किटानी पोल गरेको, सहअभियुक्तहरुले चौधरीको निर्देशनमा घटनामा संलग्न भएको भनी बयान दिएको, चौधरीको कल डिटेल हेर्दा घटनास्थलभन्दा टाढा रहेको नदेखिएको, प्रतिवादी प्रदीप चौधरीले अदालतसमक्ष गरेको बयानमा रेशम चौधरीउपर किटानी पोल गरेकाले उनले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त आधार देखिएको सर्वोच्चको ठहर छ ।





  • प्रकाशित मिति : पुस २३, २०७५ साेमबार १७:०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया