अछामको साँफेबगर नगरपालिका–१२ खप्तडमा भाइलाई पराजित गर्दै दाइ वडाध्यक्षमा निर्वाचित भएका छन् । आइतबार सार्वजनिक मत परिणामअनुसार १२ नम्बर वडामा नेपाली कांग्रेसको तर्फबाट जनकबहादुर कडायत वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
सो वडामा कडायतको पूरै प्यानल विजयी भएको हो । जनकबहादुरले नेकपा (एमाले) का उम्मेदवार आफ्नै सहोदर भाइ धनबहादुर कडायतलाई ४७ मतान्तरले हराए ।
विजेता कडायतले ३ सय ३५ मत पाए । उनका प्रतिद्वन्द्वीले २ सय ८८ मत प्राप्त गरे । वडाध्यक्षमा निर्वाचित कडायत कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सहसचिव समेत हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।