महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
आज सम्पन्न मत परिणामअनुसार भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह ५ हजार ६१७ मतका साथ मेयरमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत ल्याए ।
सो पालिकाको उपप्रमुखमा कांग्रेसका शान्तिकुमारी सिंहले ५ हजार ७७५ मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका गङ्गाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत प्राप्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।