बाँकेका पालिका प्रमुखको शपथ तथा पदभार ग्रहण

बाँकेमा स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित पालिका प्रमुखले शपथ तथा पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले नेपालगन्ज उपमहानगरपालिकाका नव निर्वाचित मेयर प्रशान्त विष्टलगायत नरैनापुर, बैजनाथ, जानकी, राप्तीसोनारी, डुडुवा र खजुरा गाउँपालिका अध्यक्षलाई शपथ ग्रहण गराएका हुन् ।

बाँकेका ८ पालिकामध्ये कोहलपुर नगरपालिकाको मत परिणाम ढिला आएकाले अन्य ७ स्थानीय तहका पालिका प्रमुखले शपथ तथा पदभार ग्रहण गरेका छन् । शपथ लिएसँगै पालिका प्रमुखहरूले आ–आफ्नो पालिकाका उपमेयर, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराएका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाले गरेको स्वागत तथा पदभार कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले विभिन्न आठवटा निर्णयसमेत गरेका छन् । 

उनले गरेका आठ निर्णयहरुमा नेपालगन्ज उपमहानगरपालिका कार्यालय अपांगमैत्री बनाउने, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै बैंक प्रतिनिधिमार्फत सहजै उपलब्ध गराउने व्यवस्था मिलाउने, भेरी अस्पतालमा आउने बिरामीलाई सहज तरिकाले खानाको व्यवस्थापन गर्दै आएको अञ्जनी माता रसोईलाई प्रतिमहिना एक लाख दिने, समग्र नेपालगञ्जको विकासका लागि सर्वपक्षीय पहल खोज्नेलगायत छन् । 

उनले समग्र नेपालगञ्जको विकासका लागि पूर्वजनप्रतिनिधि, बौद्धिक वर्ग र सबै पार्टी प्रतिनिधिको सुझाबका आधारमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १८:९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया