आलुखेतीमा सफल कर्मचारीलाई ३० किलोको मालासहित अभिनन्दन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ डडेल्धुराका कार्यालय प्रमुख खेमराज जोशीलाई अभिनन्दन गरिएको छ । डडेल्धुराका किसानहरूले आइतबार अभिनन्दन गरेका हुन् । 

विगत ५ वर्षदेखि आलु सुपर जोनको क्षेत्रमा काम गर्दै आएका वरिष्ठ कृषि अधिकृत जोशीलाई उनीहरुले ३० किलोको माला, अबिर, बाजागाजासहित जिल्ला सदरमुकामको बागबजार परिक्रमा गराई अभिनन्दन गरे । कृषि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै डडेल्धुराका किसानहरूले जोशीलाई सम्मान कार्यक्रमको आयोजनामार्फत अभिनन्दन गरेका हुन् ।
 
आलु सुपरजोन कार्यक्रममार्फत प्रविधि प्रदर्शन, मल्चिङ प्रविधिबाट आलुखेती सुरु, व्यवसायिक आलुखेतीमा किसानहरूलाई अभिप्रेरित गर्नुका साथै आलुखेतीका रूपमा जिल्लाको अमरगढी– १ भेटा, गन्यापधुरा गाउँपालिका–१ भातकाडा, अजयमेरु गाउँपालिकाका विभिन्न वडालगायत नवदुर्गा गाउँपालिकामा समेत बृहत् आलुखेतीतर्फ किसानहरू व्यावसायिक बनेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका– १ को ठूलखालीमा करिब ८० रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा करिब १ सय ५० क्विन्टलभन्दा बढी आलु बर्सेनि उत्पादन हुने गरेको किसान दत्तराज अवस्थीले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन डडेल्धुराका प्रमुख जोशीका अनुसार चालू वर्षमा आलु खेती गर्ने किसानको संख्या विगतभन्दा तेब्बरले वृद्धि भएको छ ।

डडेल्धुराबाट बिदाइ भएसँगै जोशी अध्ययनका लागि दुई वर्ष अस्ट्रेलिया जाने कार्यक्रम तय भएको छ ।





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार २१:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया