एसी मिलानले ११ वर्षपछि जित्यो सिरी ‘ए’ को उपाधि

इटालियन सिरी ‘ए’ को उपाधि एसी मिलानले जितेको छ । गएरातिको आफ्नो अन्तिम खेलमा घरेलु टोली सासोउलोलाई ३–० ले हराउँदै मिलान विजेता बनेको हो।

११ वर्षपछि लिग उपाधि जितेको मिलान समग्रमा १९ औंपटक लिग विजेता बनेको हो । मापेइ स्टेडियममा खेलको १७ औं मिनेटमा ओलिभर जिरुडले मिलानलाई अग्रता दिलाएका थिए । 

३२ औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ३६ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई ३–० को सहज जित दिलाए । 

मिलानले दोस्रो स्थानको साविक विजेता इन्टर मिलानलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो । यो जितसँगै मिलानले ३८ खेलमा ८६ अंक जोड्दा पराजित सासोउलो ५० अंकका साथ ११ औं स्थानमा रह्यो । 

लिगअन्तर्गतकै अन्य खेलमा इन्टर मिलान, नापोली र उडिनेसले आ–आफ्नो खेलमा जित हात पार्दा भेनेजिया र काग्लियरी गोलरहित बराबरीमा रोकिएका छन् ।  





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ७:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया