भरतपुर महानगर : रेनुले कटाइन् ४४ हजार मत, विजय-जगन्नाथको मतान्तर साढे २० हजार

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो फराकिलो अग्रता कायमै राखेकी छन् । पछिल्लो मतपरिणामअनुसार उनले निकटतम प्रतिद्वन्द्वीभन्दा १० हजार मतको अग्रता बनाएकी हुन् । 

दाहालले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत प्राप्त गरेका छन् । रेनु विजयभन्दा १० हजार १२६ मतले अगाडि छिन् ।

रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ । त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् । उनी रेनुभन्दा ३० हजार ७९० मतले पछाडि छन् । त्यस्तै, विजय र जगन्नाथबीचको मतान्तर २० हजार ६६४ रहेको छ । 

उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ४५ हजार ४६८ मतको साथै अग्र स्थानमा कायमै छन् । उनलाई पछ्याइरहेकी  राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७ हजार ४६ मत पाएकी छन् । अधिकारी गुरुङभन्दा १८ हजार ४२२ मतले अगाडि छन् । 
 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ११:४६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया