नवराजसहित ६ जनाको सम्झनामा माइतीघरमा मनाइयो प्रतिरोध दिवस [तस्वीरहरू]

दुई वर्षअघि अन्तरजातीय प्रेम गरेको कारण ज्यान गुमाएका नवराज विकसहित ६ जनाको सम्झनामा काठमाडौंमा प्रतिरोध दिवस-२०७७ मनाइएको छ । मंगलबार काठमाडौंस्थित माइतीघर मण्डलमा उनीहरूको सम्झनामा जात व्यवस्थाविरुद्ध प्रतिरोध दिवस-२०७७ मनाइएको हो ।

सहभागीहरूले 'थोत्रो स्थिति फालौँ, आउनुहोस् आजै थालौँ', 'पितृसत्ता फालौँ, आउनुहोस् आजै थालौँ', 'धर्मको आड लिएर, जातको सत्ता बनायौँ, रगतकै सत्ता पालेर प्रेमको घाँटी समायौँ', 'जुन थितिमा जात छ, मान्छे त्यहाँ दास छ'लगायतका नारासहित प्रदर्शन गरेका थिए । जात व्यवस्था उन्मूलन मोर्चाले उनीहरूको न्यायको लागि प्रतिरोध दिवस मनाइएको जनाएको छ ।

दुई वर्षअघि रूकुम पश्चिम चौरजहारी नगरपालिका-८ मा आफ्नी प्रेमिकाका घरमा गएका बेला नवराजसहित उनका ६ जना साथीको गाउँलेको कुटपिटबाट मृत्यु भएको थियो । सो घटनामा नवराजसहित, लोकेन्द्र सुनार, सन्दिप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।

 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १५:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया