सिर्जना र केशवबीच १६ मतको अन्तर, बालेनको फराकिलो अग्रता कायमै
फरकधार / १० जेठ, २०७९

काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ भने नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका उम्मेदवार केशव स्थापितको मतान्तर घटेको छ ।



ताजा मत परिणाम अनुसार बालेन ५२ हजार २५१ मतसहित आफ्नो फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी सिर्जनाले ३२ हजार ८२२ मत ल्याउँदा स्थापित ३२ हजार ८०६ मतसहित पछ्याइरहेका छन् ।



सिर्जना र केशवबीच जम्मा १६ मतको अन्तर छ । चौथो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले  ९ हजार ६०५ मत पाएका छन् ।



काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो । अहिलेसम्म  १ लाख ५९ हजार १६२ मत गणना भएको छ । अब गन्न बाँकी मत संख्या ३१ हजार ८८९ रहेको छ । भृकुटीमण्डपमा मतगणना जारी छ ।

  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार २१:४९:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया