सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य : प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् । उनले अर्थतन्त्रको वर्तमान आर्थिक संकटलाई सम्बोधन गर्ने प्रकारको नीति तथा कार्यक्रम आउनु एकदमै स्वागतयोग्य रहेको बताएका हुन् । 

यद्यपि यो चुनावी चटारोको वर्ष भएका कारण नीति तथा कार्यक्रमको अपेक्षाकृत कार्यन्वयन गर्न भने चुनौती रहेको पौडेलले उल्लेख गरेका छन् । वर्तमान सरकारले परिस्थितिप्रतिको संवेदनशीलतालाई ख्याल राख्नेमा विश्वस्त रहेको पनि बताएका छन् । 

‘अर्थतन्त्रको वर्तमान आर्थिक संकटलाई सम्बोधन गर्ने प्रकारको नीति तथा कार्यक्रम आउनु एकदमै स्वागतयोग्य छ । यद्यपि यो चुनावी चटारोको वर्ष भएका कारण नीति तथा कार्यक्रमको अपेक्षाकृत कार्यन्वयन गर्न भने चुनौतीपूर्ण नै छ । आशा छ वर्तमान सरकारले परिस्थितिप्रतिको संवेदनशीलतालाई ख्याल राख्नेछ,’ पौडेलले ट्विट गरेका छन् ।  





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १३:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया