गठबन्धनले जे गर्न सक्ने हो गरिसक्यो, अब ओरालो यात्रा सुरु हुन्छ : विष्णु पौडेल
फाइल तस्वीर

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने बताएका छन् । उनले बुधबार आगामी निर्वाचनमा गठबन्धनको पटाक्षेप हुने उनले बताएका हुन् । आगामी निर्वाचन पछि एमालेको नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने उनले दाबी गरे । 

‘यो गठबन्धनको पटाक्षेप आउने निर्वाचनमा हुनेवाला छ । गठबन्धनले जे गेन गर्न सक्ने हो, त्यो गरिसक्यो । अब यसको ओरालो यात्रा सुरु हुन्छ । र आउने निर्वाचनमा गठबन्धनको पटाक्षेप हुन्छ । म तपाईंहरूसँग फेरि दाबी गरेर भन्छु, आउने निर्वाचनमा नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरा कसैले रोक्न सक्दैन' उनले भने । 

संसदको ठूलो पार्टी हुने एमालेको हैसियतलाई कसैले रोक्न नसक्ने उनले दाबी गरे । स्थानीय तहको निर्वाचनमा एकखालको प्रयोग भइसकेको बताउँदै उनले सारा दल एकातिर हुँदा पनि एमालेको श्रेष्ठतालाई कसैले खण्डित गर्न नसक्ने तर्क गरे । 

'निर्वाचन परिणामका हिसाबले, निर्वाचित भएका पदाधिकारी सदस्य संख्याको हिसाबले एमाले दोस्रो भएको होला, जनमतको हिसाबले, संगठनात्मक शक्तिको हिसाबले एमालेलाई चुनौती दिने तागत कसैसँग छैन । एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नै कसैसँग छैन । यो त अहिले पनि देखिइसकेको छ’ उनले भने ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको आर्थिक संकटका कारणलाई चिनेर त्यसको निराकरण गर्नेगरी ल्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए ।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १५:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया