रौतहटको गरुडाको मेयरमा एमालेका कलवार ३८ मतान्तरले विजयी

रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट प्रमुखमा कन्थमनीप्रसाद कलवार मेयरमा निर्वाचित भएका हुन् । 

उनी नेकपा एसका बृज किशोरप्रसाद यादवलाई ३८ मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भए । कलवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादवले ४ हजार ५ सय २५ मत प्राप्त गरे । 

यस्तै, उपमेयरमा नेपाली कांग्रेसी उम्मेदवार पुनम कुमारी चौधरी विजयी भइन् । उनी जसपाकी विन्दुकुमारी देवीलाई २ हजार २ सय २६ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । 

चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत पाइन् । योसँगै एमालेले रौतहटमा तीनवटा पालिकामा जित हात पारेको छ ।  





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार ६:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया