आशाको दीप निभ्न दिने छैन : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंवासीको असल जिम्मेवार जनप्रतिनिधिको रूपमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मत परिणाम घोषणा कार्यक्रममा उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहभन्दा पनि जिम्मेवारीबोधको रूपमा लिएको प्रतिक्रिया दिइन् ।  

आफूले निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन पनि सबै मतदातालाई आह्वान गरिन् । 

उपमेयर डंगोलले आफूहरूको जितले युवाहरूमा आशाको दीप बलेको उल्लेख गर्दै त्यसलाई निभ्न नदिने दृढतासमेत व्यक्त गरिन् । ‘यो जितलाई मैले उत्साहभन्दा पनि जिम्मेवारीको रूपमा लिएको छु । यो जिम्मेवारीलाई कर्तव्यनिष्ठ भइ इमान्दारितापूर्वक काठमाडौंवासीको असल जिम्मेवार जनप्रतिनिधिको रूपमा काम गर्ने प्रतिवद्धता पनि यहाँहरूमाझ जाहेर गर्न चाहन्छु । यसको साथसाथै काठमाडौं महानगरपालिकालाई सुरुको दिनदेखि नै भन्दै आएको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित सांस्कृतिक नगरी बनाउने यो अभियान आजबाटै सुरु भएको छ, औपचारिक रूपमा । यो अभियानमा जसरी यहाँहरूले युवाहरूलाई विश्वास गर्नु भएको छ,’ डंगोलले भनिन् । 

उपमेयर डंगोलले एक/अर्काको खुट्टाको तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने आफ्नो योजना रहेको पनि बताइन् । उनले आफूहरूबाट गल्ती हुन नदिन आम मतदाताले खबरदारी गरिरहने विश्वाससमेत व्यक्त गरिन् । 

‘यो आशाको दीपलाई निभ्न दिनेछैन । यसका लागि यहाँहरूलाई पनि साथ दिनुपर्छ । एक/अर्काको खुट्टा तान्ने प्रवृत्तिबाट माथि उठ्नुपर्छ । म भन्ने शब्दभन्दा माथि उठ्नुपर्छ । हामी भएर काम गर्नुपर्छ । गल्ती भए सुधारका लागि खबरदारी गर्नुहोला,’ उनले भनिन् । 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १३:२०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया