ओलीलाई मीनेन्द्रको जवाफ : हारको कुण्ठा कांग्रेसमाथि नपोख्नुहोस्

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी ओलीलाई पराजयको कुण्ठा कांग्रेसलाई नपोख्न आग्रह गरेका छन् । 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदा उनले एमाले अध्यक्ष ओलीलाई स्थानीय तह निर्वाचनमा भएको पराजयको कुण्ठा कांग्रेसमाथि नपोख्न आग्रह गरेका हुन् । 

आफ्नै पार्टी जोगाउन नसकेर स्थानीय तहमा एमाले पराजित भएको भन्दै उनले गठबन्धनको सहारामा नभएर कांग्रेसले आफ्नै जनाधारले निर्वाचित भएको बताए । 

कांग्रेसको भन्दा एमालेले कहिल्यै पनि धेरै प्रतिशत मत नल्याएको भन्दै रिजालले आगामी निर्वाचनको तयारी गर्न ओलीसहित एमालेलाई आग्रह गरे । 
 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १५:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया