बागमती प्रदेश : सोमबार नीति तथा कार्यक्रम टेबल हुने

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को लागि नीति तथा कार्यक्रम जेठ १६ गते संसदमा पेश गर्ने भएको छ । 

जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । 

त्यही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूची तय भएको छ ।

जेठ १८ गते छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १६:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया