'विपी, पुष्पलाल र कार्ल मार्क्सले थाहा पाए पनि गठबन्धनलाई राम्राे मान्दैनन्'

बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गठबन्धनको  नियत जसरी पनि एमालेलाई हराउने रहेको बताएका छन् ।

शनिबार प्रदेश सभाको प्रिबजेट छलफलमा बोल्दै ढुंगेलले गठबन्धनको ध्यान कसरी एमालेलाई हराउने, कसरी एक्लै पार्ने, कसरी अरुसँग मिल्न लागे रोक्ने भन्ने मात्रै भएको बताए । 

उनले अरु राजनीतिक दलहरुले गठबन्धन गरेको बेला नेकपा एमालेले जनतासँग गठबन्धन गरेको बताए ।

उनले भने, ‘हाम्रो विचार जनतासँग मिल्छ । त्यसैले हामीले जनतासँग गठबन्धन गर्यौं । अहिलेको गठबन्धन स्वार्थको लागि मात्रै भएको हो । यदि यो विपी कोइराला, पुष्पलाल र कार्ल मार्क्सले थाहा पाउनु भयो भने अहिलेको गठबन्धन उहाँहरुले पनि राम्रो मान्नुहुन्न ।’





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १२:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया