लाजुङको खोँचमा तारा एयरको विमान दुर्घटनाग्रस्त, स्थलगत पुष्टि हुन बाँकी

पोखरा विमानस्थलबाट जोमसोमका लागि आज विहान ९ बजेर ५५ मिनेट जाँदा उडान भरेको तारा एयरको विमान मुस्ताङको लाजुङको खोँचमा दुर्घटनाग्रस्त भएको छ ।

यसको स्थलगत पुष्टि हुन बाँकी छ । 

वायुसेवा सन्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले त्यहाँ विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।

आज विहान ९ बजेर ५५ मिनेटमा उडान भरेको तारा एयरको ट्विनअटर १८ मिनेटपछि सम्पर्कविहिन भएको थियो । विमानमा ६ विदेशीसहित २२ यात्रु सवार थिए । यसमा तीन जना चालक दलका सदस्य थिए । 

विमानलाई पाइलट प्रभाकर घिमिरेले उडाएका थिए ।






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १३:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया