मेयर बालेनको पहिलो निर्णय : नगर कार्यपालिकाको बैठक लाइभ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको सपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मेयर साहले नगरसभाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् । नगरसभाको पहिलो बैठक आज ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताए । त्यस्तै, काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने पनि उनले घोषणा गरे ।

‘हामीले गरेको पापको भोगी उहाँहरू हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो,’ साहले भने ।  





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १३:२९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया