घोषणापत्रअनुसार काम गर्न हेटौँडाका जनप्रतिनिधिलाई गगन थापाको सुझाब

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई चुनावी घोषणा पत्रको आधारमा काम गर्न सुझाब दिएका छन् । स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित प्रतिनिधिलाई सम्मान गर्दै थापाले घोषणापत्रका आधारमा जनताको सेवा गर्न सुझाएका हुन्। 

उनले नागरिकको सेवकका रूपमा काम गरेर उनीहरुको जीवन बदल्ने प्रयास गर्न आग्रह गरेका हुन् । ‘जनप्रतिनिधिले शासक बनेर होइन, सेवकका रूपमा काम गर्न जरुरी छ । अघिल्लो स्थानीय तहमा चुनावमा निर्वाचितले शासकको रुपमा काम गर्दा अहिले धेरै पुराना जनप्रतिनिधि पराजित हुनुपरेको छ,’ उनले भने ।

‘घोषणापत्रलाई संकल्पपत्रको रूपमा बुझ्न जरुरी छ,’ उनले भने,‘जवाफदेही, पारदर्शी भएर काम गरौँ । अब अरुका कारण काम गर्न सकिएन भन्न पाइँदैन । जनताले मत दिएका छन् । त्यसको सम्मान गर्नुको विकल्प छैन । थापाले नेकपा एमालेका कारण ०७४ को स्थानीय चुनावदेखि हालसम्मको अवधि खेर गएको टिप्पणी गरे ।

 ‘अघिल्लो पाँचवर्ष स्थानीय, प्रदेश र संघीय सरकार नेकपाको कब्जामा थियो । एमालेका कारण कुनै पनि संरचनाले काम गर्न पाएन, उनले भने, ‘अब हाम्रो हातमा सबै शासन व्यवस्था रहेको छ । नयाँ अध्यायको प्रारम्भ भएको छ ।’

उनले एमालेले स्थिरता र विकास गर्ने अवसर गुमाएको टिप्पणी गरे । ‘एमालेले स्थानीय तहको निर्वाचनलाई परामदेश र जनदेशबीचको लडाइँका रूपमा चित्रण गरेको थियो । जनता हाम्रो पक्षमा रहेको प्रस्ट भइसकेको छ । हामीले समय खेर फाल्नुहुँदैन । जनतासँग साक्षात्कार गर्दै अगाडि बढ्नुपर्छ,’ थापाले भने ।





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १७:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया