खुल्यो पोखरा विमानस्थल

तेल बोकेको ट्यांकर हटाएपछि पोखरा विमानस्थल खुलेको छ । आज बिहान धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएपछि विमानस्थल बन्द गरिएको थियो ।

आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै रिफ्युलर ट्यांकर पल्टिदा केही घण्टा हवाइ उडान र अवतरण कार्य रोकिएको थियो । पेरिमिटर रोडको नजिकै पल्टिएको ट्यांकर हटाइसकेपछि अहिले विमानस्थल खुलेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।  

ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो ।   





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १०:२०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया